(क) सदस्यले थप बचत खाताको रुपमा न्यूनतम मासिक रु ३००।– वा सो भन्दा बढि क्रमिक रुपमा जम्मा गर्न सक्नु हुनेछ । यो बचतको अवधि ५ , १० र १५ वर्षे हुनेछ ।
(ख) बाल बचतमा तोकिएको अवधि पुरा भए पछि मात्र ब्याज भुक्तान गरिने छ ।
(ग) तोकिएको समय पुरा नभएसम्म बचत भुक्तान गरिने छैन ।
(घ) यस प्रकारको बचत खातामा सुरुमा तोकिएको बचत रकममा फेरबदल नहुने गरि बचत खाता संचालन गर्नुपर्नेछ ।
(ङ) बाल बचत संचालन गर्ने शेयरसदस्यहरुका बालबच्चालाई पठनपाठनमा प्रोत्साहित गर्न बर्षमा एक पटक ब्याजको अतिरिक्ति नियमित बचतकर्ताहरुलाई संस्थाको नियमानुसार शैक्षिक सामाग्री वितरण गरिनेछ ।
(च) तोकिएको समयावधि पश्चात् बचत भुक्तानी हुँदा ५ बर्षेमा २५ प्रतिशत थप, १० बर्षेमा ५० प्रतिशत थप र १५ बर्षे खातामा १०० प्रतिशत थप गरि बचत भुक्तानी गरिनेछ ।