(क) सदस्यले थप बचत खाताको रुपमा न्यूनतम मासिक रु ३००।– वा सो भन्दा बढि क्रमिक रुपमा जम्मा गर्न सक्नु हुनेछ । यो बचतको अवधि १, २ र ३ वर्षकाे हुनेछ ।
(ख) विशेष परिस्थिति बाहेक तोकिएको समय पुरा नभएसम्म बचत भुक्तान गरिने छैन ।
(ग) तोकिएको अवधि पुरा भए पछि मात्र ब्याज भुक्तान गरिनेछ ।
(घ) यस प्रकारको बचत खातामा सुरुमा तोकिएको मासिक बचत रकममा फेरबदल नहुने गरि नियमति रुपमा मासिक बचत गर्नुपर्नेछ ।