2024-Jul-26
हामी निरन्तर साथमा छौँ ।
यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. को सेवाकेन्द्र धुलाबारी, झापा अन्तर्गत मिति २०७५ साउन ११ गतेबाट नियमित बचत तथा ऋणको कारोबार गर्नु हुने शेयरसदस्य विनिता राईको मिति २०८१ असार २९ गते शनिबारका दिन भएको असामयिक निधनले समस्त सिम्रिक परिवारलाई मर्माहत एवम् स्तब्ध बनाएको छ ।
यस बिसम परिस्थितिमा आर्थिक पिडालाई कम गराउने उद्देश्यले यस संस्थाबाट स्व. शेयरसदस्यले लिनुभएको कर्जा ३ लाख मध्ये संस्थालाई बुझाउन बाँकी रहेको कर्जा रकम २ लाख ८४ हजार ६ सय ५८ रुपैया मिनाह गरिएको पत्र १२ दिनको पुण्य तिथिमा परिवारजनमा समवेदना ब्यक्त गर्दै हस्तान्तरण गरिएको छ ।