2026-Sep-03
यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. लाई आ.व. २०८३।०८४ मा आवश्यक पर्ने विभिन्न प्रकारका वस्तु तथा सेवाहरु खरिद एवम् आपूर्ति गर्ने प्रयोजनका लागि सम्बन्धित वस्तु तथा सेवाको कारोबार गर्न प्रचलित कानून बमोजिम इजाजत र स्वीकृति प्राप्त गरेका इच्छुक फर्म, कम्पनी, संस्था, परामर्शदाता, सेवाप्रदायक तथा सप्लायर्सहरुबाट मौजुदा सूचीमा दर्ताका लागि आवेदन आह्वान गरिएको छ । सम्बन्धित वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक योग्य संस्था, फर्म, कम्पनी र सेवाप्रदायकहरुले आवश्यक कागजातहरु संलग्न गरी मिति २०८३ भाद्र ३१ गतेसम्म संस्थाको मुख्य कार्यालयमा उपस्थित भई आवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
क) स्टेसनरी (मसलन्द) तथा छपाई, प्रिन्टि·
ख) इलेक्ट्रोनिक्स तथा इलेक्ट्रीकल
ग) फिर्निचर तथा फिक्स्चर
घ) धितो मुल्याङनकर्ता
ङ) लेखापढी ब्यवसायी
च) कानुनी परामर्श दाता
छ) निर्माण तथा मर्मत
ज) सुचना तथा संचार सेवा
झ) बीमा सम्बन्धी सेवाहरु
ञ) स्वास्थ्य परामर्श दाता
ट) कर्मचारी पोशाक आपूर्ति
ठ) फोटो ग्राफी, भिडियो ग्राफी तथा संचार गृह
ड) होटल ब्याङवेट तथा पार्टी प्यालेस
पेश गर्नुपर्ने प्रमुख कागजातहरु ः
१) दर्ताका लागि निवेदन
२) दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) पान/भ्याट दर्ताको प्रतिलिपि
४) कर चुक्ता प्रमाणपत्र प्रतिलिपि
५) सम्बन्धित ब्यवसाय संचालनका लागि आवश्यक इजाजतपत्र
६) संचालक वा प्रोप्राईटरको नागरिकताको प्रतिलिपि
७) आवश्यक परेमा अन्य कागजातहरु समेत