logo
logo

निर्माण सामाग्री आपूर्तिकर्ता तथा निर्माण ब्यवसायी सूचीकरण सम्बन्धी सूचना

2026-Nov-03

यस संस्थाको आफ्नो संस्थागत कार्यालय भवन निर्माण गर्ने कार्यक्रम रहेको हुँदा भवन निर्माणका लागि आवश्यक पर्ने विभिन्न निर्माण सामाग्रीहरु खरीद गर्न तथा निर्माण कार्यसम्पन्न गर्न ईच्छुक योग्य आपूर्तिकर्ता, विक्रेता, निर्माण ब्यवसायी, फर्म तथा कम्पनीहरुलाई सूचीकरण हुन यो सूचना प्रकाशित गरिएको छ ।

संस्थाले भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरु आफैँ खरीद गरी निर्माण ब्यवसायीलाई उपलब्ध गराउने योजना रहेको हुँदा ईच्छुक सम्बन्धित फर्म तथा कम्पनीहरुले आफूले उपलब्ध गराउन सक्ने सामाग्री वा प्रदान गर्न सक्ने निर्माण सेवाको प्रकृति अनुसार देहाय बमोजिमका कागजातहरु संलग्न गरी आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

१. सूचीकरणको क्षेत्र ः

क) निर्माण सामाग्री आपूर्तिकर्ता÷विक्रेता

  • सिमेन्ट, छड तथा स्टीलजन्य सामाग्री
  • बालुवा, गिट्टी, ढुंगा तथा इँटाजन्य सामाग्री
  • पाइप, फिटिङ्स तथा प्लम्बिङ सामाग्री
  • विद्युतीय तथा वायरिङ सामाग्री
  • टायल्स, मार्बल, ग्रेनाईट तथा फ्लोरिङ सामाग्री
  • रङरोगन तथा फिनिसिङ सामाग्री
  • काठ, प्लाइउड, आल्मुनियम तथा ग्एख्ऋ सामाग्री
  • सिसा, ग्लेजिङ तथा फिटिङ सामाग्री
  • तथा अन्य आवश्यक पर्ने सामाग्रीहरु

ख) निर्माण ब्यवसायी÷निर्माण कम्पनी

  • संस्थागत भवनको निर्माण कार्य गर्नसक्ने
  • आवश्यक दक्ष जनशक्ति परिचालन गर्नसक्ने
  • निर्माण कार्यको प्रविधिक तथा ब्यवस्थापकिय जिम्मेवारी लिनसक्ने
  • स्वीकृत डिजाईन, म्एच्, द्यइत्त तथा प्राविधिक स्पेसिफिकेसन अनुसार निर्माण कार्य गर्नसक्ने

२. आवेदनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु ः

क) फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि

ख) स्थायी लेखा नं. प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि

ग) कर चुक्त प्रमाणपत्र वा कर दाखिला प्रमाणित कागजात

घ) संचालक/प्रोप्राइटरको नागरिकताको प्रतिलिपि

ङ) फर्म/कम्पनीको प्रोफाइल तथा सम्पर्क विवरण

च) आपूर्तिकर्ताको हकमा आपूर्ति गर्न सक्ने सामाग्री, ब्रान्ड तथा अन्य विवरण

छ) निर्माण व्यवसायीको हकमा निर्माण व्यवसायी इजाजतपत्र

ज) विगतमा सम्पन्न गरेको निर्माण कार्य वा आपूर्ति अनुभवको विवरण

झ) निर्माण व्यवसायीको हकमा उपलब्ध प्राविधिक जनशक्ति, इन्जिनियर तथा उपकरणको विवरण

ञ) कालोसूचीमा नरहेको स्वःघोषणा

३. आवेदन पेश गर्ने प्रक्रिया

इच्छुक फर्म तथा कम्पनीहरुले आफू निर्माण सामाग्री आपूर्तिकर्ता/विक्रेता वा निर्माण व्यवसायी मध्ये कुन प्रयोजनका लागि सूचीकरण हुन चाहेको हो स्पष्ट खुलाएर आवश्यकीय कागजात सहित आवेदन पेश गर्नुपर्नेछ ।

४. आवेदन पेश गर्ने अन्तिम मिति ः २०८३।०८।०१ गते कार्यालय समय भित्र

५. आवेदन पेश गर्ने स्थान ः संस्थाको मुख्य कार्यालय, विर्तामोड–४, झापा

Related Blogs
सम्पूर्ण शेयरसदस्यज्यूहरुको जानकारीका लागि, सार्बजनिक सुचना ।
2024-Jun-20

बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम । सेवाकेन्द्र श्रीअन्तु, इलाम ।
2024-Jun-28

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम।
2024-Jun-28

कर्जा मिनाह । सेवाकेन्द्र लेटाङ्ग ।
2024-Jul-01

कर्जा मिनाह । सेवाकेन्द्र ईलाम ।
2024-Jul-02

सदस्य राहत सुविधा हस्तारण । सेवाकेन्द्र कामाटोली ।
2024-Jul-05

२ लाख ८४ हजार ६ सय ५८ रुपैया कर्जा मिनाह । सेवाकेन्द्र धुलाबारी ।
2024-Jul-26

१ लाख ९९ हजार ५ सय ५४ रुपैया कर्जा मिनाह । सेवोकेन्द्र खुदुनाबारी ।
2024-Jul-30

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले जारी गरेको स्वेत–पत्र
2024-Sep-29

५ दिवसीय आधारभूत श्रृंगार तालिम कार्यक्रम ।
2024-Nov-21

राहत सुविधा हस्तान्तरण । श्रीअन्तु, इलाम ।
2024-Nov-21

Notice Regarding Examination
2026-Mar-31

लिखित परीक्षाको नतिजा प्रकाशन तथा प्रयोगात्मक परीक्षा सम्बन्धमा
2026-Apr-13

प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा मौखिक अन्तरवार्ता सम्बन्धमा.....
2026-Apr-18

नतिजा प्रकाशन गरिएको सम्बन्धमा.....
2026-Apr-19

मौजुदा सूचीमा दर्ता हुने सम्बन्धी सूचना
2026-Sep-03

१६ औं बार्षिक साधारणसभा सम्बन्धीको सूचना
2026-Sep-09